कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

विदेशी विद्यार्थीलाई आरक्षण र प्राध्यापकलाई आवागमन सहज बनाइने 

काठमाडौँ — सरकारले नेपालमा पढाइका लागि आउने विद्यार्थीका लागि नेपालका शैक्षिक संस्थाहरूमा आरक्षणको व्यवस्था गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै नेपालमा अध्यापन गराउन आउने विदेशी प्राध्यापकहरूलाई पनि सहजीकरण गरिने  बताएको छ ।

विदेशी विद्यार्थीलाई आरक्षण र प्राध्यापकलाई आवागमन सहज बनाइने 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमा विदेशबाट नेपालमा पढ्न आउने विद्यार्थीका लागि आरक्षणको व्यवस्था गरिने उल्लेख गरेका हुन् । 'नेपालका शैक्षिक संस्थाहरूमा विदेशी विद्यार्थीलाई आरक्षणको व्यवस्था गरी भर्ना, भिसा र आवासको सहज व्यवस्था गरिनेछ,' उनले भने, 'विदेशी प्राध्यापकहरूलाई समेत सहज भिसाको व्यवस्था गरी नेपाल आउन सहजीकरण गरिनेछ ।'

त्यस्तै, नेपालमा सार्वजनिक निजी साझेदारी अवधारणामा अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्न सरकारले सहजीकरण गर्ने पनि अर्थमन्त्रीले जानकारी दिए । उनले उच्च शिक्षाको अध्ययन/अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सलेन्सको रुपमा विकास गर्ने योजना रहेको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?