कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताएका हुन् । उनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने विश्वाससमेत व्यक्त गरे ।

त्यसैगरी बजेटमा कृषकहरुलाई सहज र सरल रुपमा बिउ, मल, प्रविधि, सिंचाई सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि बिमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने पनि उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले भने, ‘कृषि उत्पादन कार्यक्रम संचालन गरिनेछ । नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गरिनेछ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यवसायिकीकरण र यान्त्रिकीकरणका लागि आधुनिकीकरण गरिनेछ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कार्यान्वयनका लागि मार्गदर्शन गर्न सम्मानीय प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरुसहितको उच्चस्तरीय संयन्त्र निर्माण गरिनेछ । कृषकहरुलाई सहज र सरल रुपमा बिउ, मल, प्रविधि, सिंचाई सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि विमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने । ’

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

मिर्गौलापीडित, क्यान्सर लागेका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ ।

त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

यस्तै आधारतभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन पनि बजेटमा व्यवस्था गरिएको छ । ६५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने भएको छ । यसका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माको भनाइ छ ।

जीर्ण अस्पताल भवन पुनर्निर्माणका लागि पनि रकम विनियोजन गरिएको उनले बताए । यस्तै ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा प्रादेशिक र केन्द्रीय अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने भएको छ ।

सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने व्यवस्था पनि मिलाइएको अर्थमन्त्री शर्माको भनाइ छ ।

यसैगरी मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराइने भएको छ ।

त्यस्तै मातृ मृत्युदर घटाउन गर्भवती महिलाहरूलाई पोषण कार्यक्रम स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने छ । ५ वर्षमुनिका बालबालिकाहरूको मृत्युदर घटाउन सुरक्षित मातृत्व शिशु स्याहार पोषण कार्यक्रम र खोप कार्यक्रमलाई थप प्रभावकारी गरिने अर्थमन्त्री शर्माले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×