बिमा कम्पनीमार्फत् स्वास्थ्य बिमा सञ्चालनको तयारी

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम पनि बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ । हाल स्वास्थ्य बिमा बोर्डमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

उक्त कार्यक्रम बिमा कम्पनीमार्फत सञ्चालनका लागि आवश्यक तयारी गर्ने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका हुन् ।

आइतबार संसद्‍ बैठकमा आगामी वर्षको बजेट पेस गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सरकारले स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड रकम बिनियोजन गरेको छ ।

यस्तै मिर्गौला प्रत्यारोपण गराएका र डायलासिस गराइरहेका व्यक्तिहरू, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई औषधि उपचारका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउन सरकारले  १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully