सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरिएको बताए ।

यसअघि ७१ प्रकारका औषधि मात्रै निःशुल्क वितरण हुँदै आएको थियो । मन्त्री शर्माले मिर्गौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, मेरुदण्डको उपचार गरिरहेका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने बताए । उनले त्यसका लागि १ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिए । प्रादेशिक अस्पतालमा डाइलाइसिस मेसिन खरिदका लागि बजेट बिनियोजन गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

थप २० वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले थप २० वटा सरकारी अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि बजेट घोषणा गर्दै वार्ड थपिने बताएका हुन् । 

साथै ६५५ स्थानीय तहमा निर्मााणधीन आधारभूत अस्पताल सम्पन्न गर्नका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

यसैगरी अर्थमन्त्री शर्माले ९८ प्रकारका नि:शुल्क औषधिका लागि १ अर्ब ५० करोड रकम छुट्याइएको बताए । साथै डायलाइसिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×