शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई ७० अर्ब ५ करोड रूपैयाँ विनियोजन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई ७० अर्ब ५ करोड रूपैयाँ विनियोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ०७९/८०को बजेट सार्वजनिक गर्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

यस्तै सरकारले नयाँ र उदीयमान विषयमा स्वेदशमै उच्च शिक्षाको व्यवस्था मिलाउने प्रबन्ध गर्ने भएका छ । यस्तै, त्रिभुवन विश्वविद्यालयमा सेन्टर अफ एक्सिलेन्स स्थापना गरिने मन्त्री शर्माले बताए ।

सामुदायिक विद्यालयको गुणस्तर र नेतृत्व सुधारका लागि प्रधानाध्यापकलाई तालिमको व्यवस्था पनि गरिएको मन्त्री शर्माले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रकम विनियोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको उनले जानकारी दिए ।

मन्त्री शर्माले स्थानीय तहमार्फत् ४० वर्ष नाघेका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×