सिलिगुडीदेखि चारआली र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन सिलिगुडीदेखि झापाको चारआली र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।

आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आपूर्ति सहज बनाउन पेट्रोलियम पाइपलाइन विस्तार गर्ने जानकारी दिए । खाना पकाउने एलपी ग्यासको वितरण प्रणाली पनि पुनरावलोकन गरिने उनले बताए । ‘घरायसी र  व्यापारिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास वितरण प्रणाली पुनरावलोकन गरिनेछ,’ अर्थमन्त्री शर्माले भने ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully