

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन सिलिगुडीदेखि झापाको चारआली र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।


आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आपूर्ति सहज बनाउन पेट्रोलियम पाइपलाइन विस्तार गर्ने जानकारी दिए । खाना पकाउने एलपी ग्यासको वितरण प्रणाली पनि पुनरावलोकन गरिने उनले बताए । ‘घरायसी र व्यापारिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास वितरण प्रणाली पुनरावलोकन गरिनेछ,’ अर्थमन्त्री शर्माले भने ।
प्रकाशित : जेष्ठ १५, २०७९ १७:२७