निर्यातमा ८ प्रतिशत नगद अनुदान- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
बजेट २०७९/०८०

निर्यातमा ८ प्रतिशत नगद अनुदान

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले उच्च निर्यात सम्भावना भएका वस्तुको निकासीमा ८ प्रतिशत नगद अनुदान दिने भएको छ ।

आयात प्रतिस्थापन तथा निर्यात बढाउन भएका क्लिङकर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानीमा निर्यात अनुदान दिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

‘उच्च निर्यात सम्भावना भएका क्लिङकर, सिमेन्ट, स्टिल, फुटवेयर प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा व्यापार प्रोसेसिङ जस्ता सेवा पहिचान गरी निर्यात प्रवद्र्धन गरिनेछ,’ आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै शर्माले भने, ‘यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिइनेछ ।’

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

जोमसोम विमानस्थल प्रमुख भन्छन्- ‘जहाज लोकेट भएको छैन’

लालप्रसाद शर्मा

पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ । 

जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम श्रेष्ठले जनाएका थिए ।

दुर्घटना भएको शंकास्पद ठाउँमा मौसम खराब छ । बादलले ढाकिएकाले हेलिकोप्टर जान नसकेको शर्माले बताए । ‘लोकेट भएकै छैन’ उनले भने, ‘पैदलमार्गबाट खोजी जारी छ ।’

यसअघि स्थानीयले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्ने जानकारी दिएपछि नेपाली सेना, प्रहरी र सर्वसाधारण उक्त स्थानमा खोजीका लागि केन्द्रीत भएका छन् ।

तर उक्त शंकास्पद भनिएको स्थानमा जान घन्टौं लाग्ने जनाइएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको कलसाईन ९ एनइटी भएको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । बिहान बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट उडेको जहाजमा चालक दलका तीनसहित १६ नेपाली र ६ विदेशी नागरिक रहेका छन ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×