बजेट २०७९/८०

फास्ट ट्र्याकलाई ३० अर्ब बजेट

काठमाडौँ — आगामी आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) का लागि तीन वर्षभित्र सम्पन्न गर्ने गरी ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

फास्ट ट्र्याकलाई ३० अर्ब बजेट

आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फास्ट ट्रयाकका लागि विनियोजन गरिएको बताए ।

यति धेरै विनयोजन गरिए पनि आयोजनाको भौतिक प्रगति भने न्यून रहेको छ । निर्माण थालिएको ५ वर्षमा आयोजनाको काम १९.८३ प्रतिशत मात्र छ । फास्ट ट्रयाक निर्माण गर्न चालु आवमा ८ अर्ब ९० करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर‚ १० महिनामा करिब ६ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।

नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको आयोजना निर्माणको समयावधि २०८०-८१ सम्म मात्र हो । आयोजना सुरु भएयता अहिलेसम्म करिब ३२ अर्ब रुपैयाँ खर्च भएको सेनाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?