महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
बजेट २०७९/०८०

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन गरेका छन् ।

मन्त्री शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि उक्त रकम छुट्याइएको जनाए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

फास्ट ट्र्याकलाई ३० अर्ब बजेट

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) का लागि तीन वर्षभित्र सम्पन्न गर्ने गरी ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फास्ट ट्रयाकका लागि विनियोजन गरिएको बताए ।

यति धेरै विनयोजन गरिए पनि आयोजनाको भौतिक प्रगति भने न्यून रहेको छ । निर्माण थालिएको ५ वर्षमा आयोजनाको काम १९.८३ प्रतिशत मात्र छ । फास्ट ट्रयाक निर्माण गर्न चालु आवमा ८ अर्ब ९० करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर‚ १० महिनामा करिब ६ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।

नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको आयोजना निर्माणको समयावधि २०८०-८१ सम्म मात्र हो । आयोजना सुरु भएयता अहिलेसम्म करिब ३२ अर्ब रुपैयाँ खर्च भएको सेनाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×