बजेट २०७९/०८०

साउनभित्र सिंहदरबारबाट एलपी ग्यास विस्थापन गरिने

काठमाडौँ — सरकारले साउनभित्र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट एलपी ग्यास चुलो विस्थापन गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन महिनाभित्र सिंहदबारका ग्यास चुलोलाई बिजुली चुलोले विस्थापन गर्ने घोषणा गरे ।

साउनभित्र सिंहदरबारबाट एलपी ग्यास विस्थापन गरिने

उनले सरकारले एलपी ग्यास विस्थापित गर्ने नीति लिइएको बताए । त्यस्तै तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासबाट ग्यास चुलाे विस्थापन गरिने उनले घोषणा गरे । ग्यासमा दिइँदै आएको अनुदान क्रमश घटाइँदै लगिने उनले बताए । करिब १ लाख घरधुरीलाई सुधारिएको चुलाे जडान गर्ने लक्ष्य सरकारले लिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?