साउनभित्र सिंहदरबारबाट एलपी ग्यास विस्थापन गरिने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले साउनभित्र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट एलपी ग्यास चुलो विस्थापन गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन महिनाभित्र सिंहदबारका ग्यास चुलोलाई बिजुली चुलोले विस्थापन गर्ने घोषणा गरे ।

 उनले सरकारले एलपी ग्यास विस्थापित गर्ने नीति लिइएको बताए । त्यस्तै  तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासबाट ग्यास चुलाे विस्थापन गरिने उनले घोषणा गरे । ग्यासमा दिइँदै आएको अनुदान क्रमश घटाइँदै लगिने उनले बताए । करिब १ लाख घरधुरीलाई सुधारिएको चुलाे जडान गर्ने लक्ष्य सरकारले लिएको छ । 

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully