गठबन्धन जोगाउन नेकपा(एस)को मध्यमार्गी बाटो

संसद्‌मा एमसीसी टेबल गर्न दिने,यथास्थितीमा पारित गर्न नसघाउने

फाल्गुन ७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्‌मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको छ ।

शनिबार भएको स्थायी कमिटीको बैठकमा सम्झौतालाई संसद्‌मा टेबल गर्न सकारात्मक रहेपनि संशोधन बिना त्यसको पक्षमा पार्टी उभिन नसक्‍ने स्पष्ट पारेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीसँग सम्बन्धित बुँदागत रुपमा जानकारी गराएका थिए ।  बैठक पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विषयमा धारणा राखेका थिए । बैठकमा स्थायी कमिटीका सदस्यहरुले गठबन्धनलाई जोगाउनु पर्ने धारणा राखेका थिए ।

एमसीसीबारे अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका मुख्य बुँदाहरु यस्ता छन्ः

एमसीसी

कान्तिपुर

Link copied successfully