
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताएका छन् । आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा सम्बोधन गर्दै दाहालले उक्त धारणा राखेका हुन् ।

समानुपातिक, समावेशीको विषयमा पार्टीभित्र असन्तुष्टि आएको उल्लेख गर्दै दाहालले पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने बाध्यतामा रहेको बताए । 'हामी स्थायी कमिटी बैठकबाट आएका छौं । असन्तुष्टिका कुरा पनि आएका छन् । हामीले गर्न लागेको समावेशी समानुपातिकको व्यवस्था नयाँ हो । पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने हामीलाई बाध्यता छ । यो संविधानको व्यवस्था अनुसार गरेका हौं । यसमा गर्व गर्नुपर्छ ।'
दाहालले दलित नेताहरूले उठाएका माग पूरा हुने पनि बताएका छन् । उनले भने, 'दलित वा अन्य समुदायको प्रतिनिधित्व घट्दैन, बढ्छ ।'
सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?



