कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
माओवादी महाधिवेशन

निर्वाचन कार्यतालिका फेरि संशोधन, उम्मेदवारी दर्ता ६ देखि ८ बजेसम्म

काठमाडौँ — नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गरेको छ । केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता आइतबार बेलुकी ६ देखि राति ८ बजेसम्मका लागि तोकिएको छ । यसअघि अपराह्न ४ बजेबाट उम्मेदवारी दर्ताको समय निर्धारण भएको थियो । सहमति खोज्ने प्रयासका लागि भन्दै फेरि दुई घण्टा पछाडि सारिएको हो ।

निर्वाचन कार्यतालिका फेरि संशोधन, उम्मेदवारी दर्ता ६ देखि ८ बजेसम्म

त्यसैगरी केन्द्रीय सदस्यका लागि मतदान भने सोमबार बिहान ८ बजेदेखि दिउँसो सवा १ बजेसम्म हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताएका छन् ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।


प्रकाशित : पुस १८, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?