कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी महाधिवेशन

माओवादीको निर्वाचन कार्यक्रम संशोधन, उम्मेदवारी दर्ता आइतबार २ बजे

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो ।

माओवादीको निर्वाचन कार्यक्रम संशोधन, उम्मेदवारी दर्ता आइतबार २ बजे

केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निकालेको संशोधित तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ देखि ३:३० बजेसम्म, दर्ता सूची प्रकाशन ३:४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्म रहेको छ ।

त्यस्तै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ४:१० बजेसम्म, उजुरी उपर छानबिन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुन:प्रकाशचन ४:४० लगायत कार्यक्रम रहेका छन् ।

मतदान आइतबार साँझ ६:२५ देखि १०:२५ सम्म हुने तालिकामा उल्लेख छ । यसअघि शनिबार राति ८ देखि साढे ११ बजेसम्म मनोनयन दर्ता र आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको थियो ।


प्रकाशित : पुस १७, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?