१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
माओवादी महाधिवेशन

निर्वाचन तालिका प्रकाशित, उम्मेदवारी दर्ता राति ८ बजेदेखि १०:३० सम्म

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले शनिबार आपराह्‍न केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो ।

निर्वाचन तालिका प्रकाशित, उम्मेदवारी दर्ता राति ८ बजेदेखि १०:३० सम्म

समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निकालेको तालिकाअनुसार उम्मेदवारी दर्ता शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख छ ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ ।

प्रकाशित : पुस १७, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?