२४ घण्टामा थपिए २४१ कोरोना संक्रमित

पुस १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २४१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार भएको कोभिड ब्रिफिङमा ८ हजार ५३६ जनामा पीसीआर परीक्षण गर्दा २४१ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो ।

यस्तै, ४ हजार ३० जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २६० जना निको र २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ९८ जना क्‍वारेन्टाइनमा रहेका छन् । 

हालसम्म नेपालमा ८ लाख २७ हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ लाख  ११ हजार २६५ जना निको भएका छन् । यस्तै, ११ हजार ५८८ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully