कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्य निर्वाचित

पुस ८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समुदायबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै, महिलातर्फ सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन् ।

निर्वाचितमध्ये टेकप्रसाद गुरुङबाहेक सबै सभापति शेरबहादुर देउवा समूहका हुन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully