कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कांग्रेसमा खसआर्य आरक्षणबाट १३ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खसआर्य आरक्षणतर्फबाट १३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बिहीबार साँझ मतगणना सकिएको हो ।

कांग्रेसमा खसआर्य आरक्षणबाट १३ केन्द्रीय सदस्य निर्वाचित

खसआर्य खुलातर्फ केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।

निर्वाचित मधु आचार्य बाहेक सबै सभापति शेरबहादुर देउवा निकट हुन् । त्यस्तै, महिलातर्फ मञ्जु खाँण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना निर्वाचित भएका छन् ।

प्रकाशित : पुस ८, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?