१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कांग्रेस निर्वाचनको अन्तिम परिणाम आज

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबार सबै पदको मतगणना सम्पन्न हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बिहीबार खसआर्य र आदिवासी जनजातितर्फको मतगणना सम्पन्न भएसँगै सबै पदको मतगणना सम्पन्न हुने जानकारी दिए ।

कांग्रेस निर्वाचनको अन्तिम परिणाम आज

कांग्रेसले २४ मंसिरमा उद्घाटन गरेर २७ मंसिरमा केन्द्रीय कार्यसमितिको निर्वाचन गरेको थियो । तर, त्यसको परिणाम भने अहिलेसम्म पनि आइसकेको छैन । १० दिनदेखि जारी मतगणना बिहीबार सम्पन्न हुन लागेको हो । खसआर्यतर्फ १३ aजना र आदिवासी जनजातितर्फ १५ जना केन्द्रीय सदस्यको मतगणना भइरहेको समितिले जनाएको छ ।

यसको परिणाम आएपछि निर्वाचनका सबै कार्यक्रम सम्पन्न हुनेछन् । समितिले शुक्रबार केन्द्रीय कार्यालयमा निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखेको छ ।


प्रकाशित : पुस ८, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?