कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
कांग्रेस महाधिवेशन

खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ ।

खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

‘हामीले मतगणना सम्पन्न गर्‍यौँ, अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ समितिका एक पदाधिकारीले भने । गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।

खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए । अब ९९ जना उम्मेदवारमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : पुस ४, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×