कांग्रेस महाधिवेशन

सहमहामन्त्रीको मतगणना जारी [कसको कति ?]

काठमाडौँ — नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार दलिततर्फ मानबहादुर विश्वकर्मा र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे अगाडि देखिएका छन् । 

सहमहामन्त्रीको मतगणना जारी [कसको कति ?]

यस्तै दलिततर्फ ४ हजार १०० मतगणना हुँदा विश्वकर्मा १८९२, जीवन परियार १९१९ र गंगा सुनुवारले २०४ मत पाएका छन् ।

आदिवासीतर्फ ३ हजार ७३ मत गणनामा भीष्मराज आङ्देम्बे १७८० र विकास लामाले १२४८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

महिलातर्फ महालक्ष्मी उपाध्याय डीना निर्वाचित भइसकेकी छन् ।

महिलातर्फ

  • डिना उपाध्याय २५३३ [विजयी]
  • कमला पन्त २१०५

दलिततर्फ [४१०० जम्मा गणना]

  • मानबहादुर विश्वकर्मा -१८९२
  • जीवन परियार- १९१९
  • गंगा सुनुवार- २०४

आदिवासीतर्फ [३०७३ जम्मा गणना]

  • भीष्मराज आङ्देम्बे -१७८०
  • विकास लामा - १२४८

सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये बिहीबार दलित, महिला र आदिवासी जनजातिको मतगणना केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।

अहिलेसम्म उपसभापति र महामन्त्रीको गणना भइसकेको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

कांग्रेस महाधिवेशनअन्तर्गत गत सोमबार १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो । कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा १३ पदाधिकारी बाहेक ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको छ ।

प्रकाशित : पुस १, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?