काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । महाधिवेशनमा मतदिने प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएकाले पराजयलाई स्वीकार गरेको उनले बताए ।
उनले आफूलाई मत दिने कसैप्रति पनि कुण्ठा नभएको बताए । ' म पराजित भएँ । निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वभाविक हो । मलाई कुनै कुण्ठा पनि छैन । कसले के गर्यो, किन गर्यो मेरो मनमा छैन । यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो, ' डा. कोइरालाले भने ।
नेता कोइरालालाई नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै विगत ५ वर्षमा चले जसरी पार्टी चलाउन खोजे सशक्त रुपमा आफ्नो टिम प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
१४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र युवा पस्ताहरुलाई अवसर नै अवसर खोलिदिएको नेता उनको भनाइ थियो । 'यो चुनावमा हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ । युवा पुस्तामा नेपाली कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं,' उनले भने ।
