मतदान जारी, अहिलेसम्म ३ हजार ८ सय मत खस्यो

मंसिर २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसमा सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले जारी छ । मंगलबार राति ८ बजेपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार अहिलेसम्म ३ हजार ८ सय मत खसेको छ । राति १० बजेसम्मका लगि मतदानको समय तय गरिएको छ ।

कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सोमबार भएको पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ जनाले मात्रै मतदान गरेका थिए । सोमबारको मतदानपछि गरिएको मतगणनाबाट कुनै पनि सभापतिका उम्मेदवारले ५० प्रतिशत मत ल्यान नसकेपछि दोस्रो चरणमा मतदान गराइएको हो ।

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवार दिएकोमा पहिलो चरणमा उत्कृष्ट मत ल्याउने देउवा र कोइरालाबीच अहिले दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ । सिंह, निधि र गुरुङ तीनैजनाले दोस्रो मतदानमा देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully