१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
कांग्रेस महाधिवेशन

१३४ पदमा ५४८ को उम्मेदवारी

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १३४ पदमा पाँच सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ ।

१३४ पदमा ५४८ को उम्मेदवारी

त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एक जना सभापतिकालागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीकालागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, सह–महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ पदमा २० जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय सदस्य पदहरूमा

  • थारुतर्फ १४ जना
  • मधेसीतर्फ ३२ जना
  • आदिवासी जनजातितर्फ ८७ जना
  • खसआर्य ९३ जना
  • दलिततर्फ ३९ जना
  • महिलातर्फ ३१ जना
  • पिछडिएको क्षेत्रतर्फ २
  • अपाङ्गता भएकाहरूका तर्फ १६
  • अल्पसंख्यकतर्फ ६
  • मुस्लिमतर्फ १६
  • खुलातर्फ १०९ जना

....

  • प्रदेश १ बाट १३
  • प्रदेश २ बाट ५
  • वाग्मती प्रदेशबाट ९
  • गण्डकी प्रदेशबाट ७
  • लुम्बिनी प्रदेशबाट ११
  • कर्णाली प्रदेशबाट ७
  • सुदूरपश्चिम प्रदेशबाट १२

उम्मेदवारहरूको दाबी विरोध र फिर्ता गर्ने समय आइतबार बिहान ११ बजेसम्म छ भने दिउँसो १ बजे उम्मेदवारी फिर्ताको समय तोकिएको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।

प्रकाशित : मंसिर २५, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?