निधिको पनि सभापतिमा उम्मेदवारी दर्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

निधिको पनि सभापतिमा उम्मेदवारी दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका छन् । दलबलसहित राष्ट्रियसभा गृह पुगेका निधिको प्यानलबाट उपसभापतिमा दिवेश्वरी शाह र महामन्त्रीमा राजाराम कार्की उम्मेदवारी दर्ता गरेका छन् ।

शाह सुदुर पश्चिमकी हुन् भने कार्की चिकित्सक हुन् । उनी यसअघि देउवाकै विश्वासपात्र थिए । अहिले उनी देउवा समूहबाट बाहिरिएर उनीसँगै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रकाशित : मंसिर २५, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो बन्यो देउवा टिम [नामावली]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका चौधरी पनि सिटौला खेमाका हुन् ।

नामावली

प्रकाशित : मंसिर २५, २०७८ १६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×