कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

देउवा प्यानलको उम्मेदवारी दर्ता

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ।

देउवा प्यानलको उम्मेदवारी दर्ता

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । जुन प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।

यसैगरी देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री देउवा प्यानलसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए । देउवा दर्ताका लागि पुग्दा शेरबहादुर देउवा जिन्दावादको नारा लागेको थियो ।


प्रकाशित : मंसिर २५, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?