कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

देउवाको प्यानलले पायो पूर्णता

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले पूर्णता पाएको छ ।

देउवाको प्यानलले पायो पूर्णता

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । जुन प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार बन्ने भएका छन् ।

यसैगरी देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्ने भएका छन् ।

यसअघि प्रवक्ता विश्वप्रकाश शर्मा पनि देउवा प्यानलबाटै उम्मेदवार बन्ने चर्चा भए पनि प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बन्दै देउवा प्यानलबाट बाहिरिएका छन् ।

प्रकाशित : मंसिर २५, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?