यस्तो बन्यो देउवा टिम [नामावली]

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका चौधरी पनि सिटौला खेमाका हुन् । 

नामावली

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully