कांग्रेस निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन [सूची]

काठमाडौँ — कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए । 

कांग्रेस निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन [सूची]

उनकाअनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ । ‘देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ,’ उनले भने ।

शुक्रबार उद्घाटन भएको कांग्रेस महाधिवेशनअन्तर्गत शनिबार बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ ।

मतदान भने सोमबारमात्रै हुनेछ ।

प्रकाशित : मंसिर २४, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?