कांग्रेसको मञ्चमा ओली-दाहाल 'क्रस टक'

मंसिर २४, २०७८

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेकपा फुटेपछि पहिलोपटक कांग्रेसको महाधिवशेनको मञ्चमा एकैसाथ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हार्दिकतापूर्ण मुस्कान साटासाटको रोचक दृश्य देखिएको छ । केही ढिलो गरी पुगेका ओलीलाई शेरबहादुर देउवाले मात्रै स्वागत गर्दै नमस्ते गरेका थिए । तर, दाहालले भाषण सकाएर पोडियमबाट फर्किएपछि भने ओलीले मुस्काउँदै केही 'कमेन्ट' गरेका थिए । त्यसपछि भने दुई नेताहरुबीच 'क्रस टक' भएको थियो ।

कांग्रेस महाधिवेशन

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully