काठमाडौँ — कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनका लागि आचारसंहिता जारी गरेको छ । समितिका संयोजक गोपालकृष्ण घिमिरेले आचारसंहिता पालना गर्न सबै पदाधिकारी, केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
समितिले कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने, मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्नुपर्ने तथा कांग्रेसको महाधिवेशनस्थल वरपर ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि ब्यानर, भित्तेलेखन, पोस्टर, तुल, पम्प्लेट आदि राख्न नपाइने आचारसंहिता बनाएको छ । 
त्यस्तै, मतदानस्थलमा प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने आचारसंहिता बनाएको छ ।
