विश्वप्रकाशलाई देउवाले भने- 'तपाईं सह-महामन्त्रीमा उठ्नुस्'

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई सह-महामन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोज्दै बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले आफूनिकट नेताहरूसँगको छलफलमा शर्मालाई खस आर्यबाट सह-महामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् । 

विभिन्न समूहबाट सह-महामन्त्रीमा ८ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ । अस आर्यतर्फबाट देउवा पक्षका मोहनबहादुर बस्‍नेत, गोविन्द भट्टराई र रमेश लेखकले पनि आकांक्षा देखाएका छन् ।

यस्तै, देउवा पक्षबाट दलिततर्फबाट सहमहामन्त्रीमा मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातीतर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भिष्मराज आङ्गदाम्बे र चीनकाजी श्रेष्ठले पनि आकांक्षा देखाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

देउवाकै पक्षबाट महिलातर्फबाट सह-महामन्त्रीमा डीला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसाल पनि आकांक्षा देखाएका छन् । 

विभिन्न पदमा उठ्ने नेताहरुको संख्या धेरै भएपछि अन्य पदहरुका उम्मेदवार टुंगो लगाउन देउवालाई सकस भएको नेताहरुले बताएका छन् ।

देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीको दाबी गरेका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully