देउवा पक्षबाट महामन्त्रीमा खाँण, महत र साउदको दाबी

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीको दाबी गरेका छन् ।

आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोज्दै बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले आफूनिकट नेताहरूसँगको छलफल गरिरेका छन् । उक्त छलफलमा उनीहरुले महामन्त्रीमा दाबी गरेका हुन् ।

उनले कुन पदमा उठ्न चाहनुहुन्छ भनेर सोध्दा उनीहरुले महामन्त्रीमा दाबी गरेका हुन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully