१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस महाधिवेशन : २५ लाखमा मञ्च बनाइँदै

पार्टीका १० हजार झन्डा फहराइने

काठमाडौँ — आगामी शुक्रबारदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ ।

कांग्रेस महाधिवेशन : २५ लाखमा मञ्च बनाइँदै

पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र ब्यानर टाँगेर प्रचारप्रसार कार्यको प्रारम्भ गरे । ‘देशभरिबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ, आवास, खाद्यान्न, स्वास्थ्य सुरक्षा र प्रचारप्रसारलगायत विषयमा हामीले अन्तिम तयारी गरिरहेका छौं,’ उनले भने । महाधिवेशनमा काठमाडौंमा करिब १० हजार पार्टीका झन्डा फहराइने कांग्रेसले जनाएको छ ।

कांग्रेसका काठमाडौंका सचिव गोविन्द पुडासैनीका अनुसार करिब ८० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको मञ्च बनाइनेछ । ‘जहाँ तीन स्टेप हुन्छन् । अगाडिको भागमा सांस्कृतिक संघले नृत्य प्रस्तुत गर्छन्, पछिका तीन स्टेपमा नेता र पाहुनालाई बसाइन्छ,’ उनले भने, ‘मञ्चभित्र र बाहिर ४–५ ठाउँमा श्रव्यदृश्यको व्यवस्था गर्दै छौं ।’ मञ्च व्यवस्थापन समितिका अनुसार मञ्चमा मात्रै करिब २५ लाख रुपैयाँ खर्च हुनेछ ।

यसअघि एमालेले दसौं महाधिवेशनको उद्घाटनका लागि ५० लाख रुपैयाँको लागतमा नारायणी नदी किनारमा भव्य मञ्च बनाएको थियो ।

प्रकाशित : मंसिर २२, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?