कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेल समूहका युवा नेताहरू छुट्टै छलफलमा

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू साझा उम्मेदवारको चयन गर्ने विषयमा छलफलमा छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको बैठकपछि वरिष्ठ नेता पौडेलले साझा उम्मेदवारको विषयमा निर्णय भइसकेको र त्यसको केही प्रक्रिया पूरा गरेर बुधबार सार्वजनिक गर्ने बताएका थिए ।

पौडेल समूहका युवा नेताहरू छुट्टै छलफलमा

चाक्सीबारीको छलफलपछि युवा नेताहरू भने छुट्टै छलफलका लागि बत्तीसपुतली पुगेका छन् । त्यहाँस्थित अनुपम फुडल्यान्डमा युवा नेताहरूको अलग्गै छलफल रहेको एक नेताले बताए । उनीहरूले बिहान पनि अलग्गै छलफल गरेका थिए ।

बैठकमा चन्द्र भण्डारी, दिपक गिरी, गगन थापा, जीवन परियार, बद्री पाण्डे, रामचन्द्र यादव, गुरुराज घिमिरे, रत्ना शेरचन र सरिता प्रसाईं छन् ।

‘आजको बैठक एकदमै सकारात्मक अवस्थामा पुगेर टुंगिएको छ । उम्मेदवारबाहेक हामी ज–जसले बोल्यौँ, सबैको जोड सहमतिबाट जानुपर्छ भन्नेमै रहृयो,’ एक नेताले भने, ‘कुनैपनि हालतमा एक जनामात्रै उम्मेदवार हुनुपर्छ भनेर दबाब दिएका छौँ ।’

सभापतिका लागि वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् ।

प्रकाशित : मंसिर २१, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?