कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रामचन्द्रजीकाे लागि छोडिदिएँ : कोइराला

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा कोइरालाले पौडेललाई साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए ।

रामचन्द्रजीकाे लागि छोडिदिएँ : कोइराला

उनले आफ्नो नाम सर्वसम्मति भएको अवस्थामा बाहेक कुनै दाबी नभएको बताए । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडे । रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नुभयो,’ कोइरालाले भने ।

उनले शेखर र प्रकाशमान मिलेको अवस्थामा रामचन्द्रले शेखर वा प्रकाशमानको लागि समेत छोड्न सक्ने बताए । ‘साझा उम्मेदवारीको विकल्प छैन । 'कि सघाउ कि आफ्नै नाममा सहमति जुटाउ' भन्ने अवस्थामा नेताहरू पुग्नुभएको छ, भोलि फेरि छलफल हुन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

यो पनि

प्रकाशित : मंसिर २१, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?