साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौं : पौडेल

मंसिर २१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् । उनले त्यसका केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा त्यस्तो निर्णय सार्वजनिक गर्ने बताए । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए । 

‘कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामी साथीहरूले विभिन्न कोणबाट छलफल गर्‍यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,’ पौडेलले भने, ‘हामीले सबै दृष्टिकोणबाट छलफल गर्‍यौं । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ ।’

पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully