कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पौडेल समूहमा जिल्ला र प्रदेशका नेतालाई उम्मेदवार छान्ने मौका

काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले साझा उम्मेदवारीका विषयमा चरणवद्ध छलफलपछि बुधबार जिल्ला र प्रदेशका आफूपक्षीय नेताहरूसँग छलफल गर्ने भएका छन् ।

पौडेल समूहमा जिल्ला र प्रदेशका नेतालाई उम्मेदवार छान्ने मौका

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले बुधबार जिल्ला र प्रदेशका नेताहरूसँग साझा उम्मेदवारी चयनबारे छलफल गर्ने निर्णय गरेका हुन् ।

‘आजको छलफल एकदमै सकारात्मक छ, अब केन्द्रमा कसलाई साझा उम्मेदवार बनाउँदा जित्न सहज हुन्छ ? भन्नेबारे अहिले निर्वाचित जिल्ला सभापतिहरू र ६ वटै प्रदेशका निर्वाचित र प्रत्यासीहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ,’ ती नेताले भने ।

जिल्ला र प्रदेशका नेताहरुले बुधबार जिल्लाको माहोल र मतदाताको संख्या तथा कसले जित्न सक्छ भन्ने विषयमा धारणा राख्नेछन् । त्यसका आधारमा सभापतिका आकांक्षीहरुबीचबाट साझा उम्मेदवार खोजिने ती नेताको भनाइ छ ।

मंगलबारको बैठकपछि वरिष्ठ नेता पौडेलले भने साझा उम्मेदवारको विषय टुंगिएको, र त्यसको केही प्रक्रिया पूरा गरेर बुधबार सार्वजनिक गर्ने बताएका थिए । मंगलबारको बैठकमा युवा नेताहरूले नेताहरूले मिलेर अघि बढ्न दबाब दिएका थिए ।


प्रकाशित : मंसिर २१, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?