कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पाँचथरका नेता आङ्देम्बेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति शेरबहादुर देउवाको समूहबाट जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने

०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । हाल उनी कांग्रेसको अनुशासन आयोगका संयोजक हुन् ।

राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भए । उनलार्ई लिम्बू जातिबाट भएको पहिलो मन्त्रीका रूपमा चिनिन्छ ।

नेता आङदेम्बेले पार्टीलाई जनतासँग जोड्न र युवा पुस्तालाई कांग्रेसमा अगाडि बढाउन आफूले उम्मेदवारी दिने बताए ।

प्रकाशित : मंसिर २०, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?