२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेस महाधिवेशनको पोष्टर सार्वजनिक

काठमाडौँ — कांग्रेसले १४ औं महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवाले बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै पार्टीको महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेका हुन् ।

कांग्रेस महाधिवेशनको पोष्टर सार्वजनिक

पोष्टरमा महाधिवेशनको नारामा समेत राखिएको छ । कांग्रेसको यो महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं नेपाली’ राखेको छ ।

महाधिवेशनका लागि पोष्टर सार्वजनिक गरिएको प्रचार प्रसार समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । ‘यो नै हाम्रो महाधिवेशनको पोष्टर हो । हामीले पार्टीको झण्डा र चुनाव चिन्हमात्रै होइन, नेपालको नक्सा र राष्ट्रिय झण्डालाई पनि त्यसभित्र समेटेका छौं । साथै, कांग्रेसका पूर्वज नेताहरू र हाम्रा आदर्श सिद्धान्तहरूलाई पोष्टरमा समेटेका छौँ,’ थापामगरले भने ।

यही मंसिर २४ गतेदेखि काठमाडौंमा कांग्रेसको १४औं महाधिवेशन हुँदैछ ।

प्रकाशित : मंसिर १६, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?