२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
कांग्रेस महाधिवेशन

प्रदेश अधिवेशन देउवाले काठमाडौंबाट भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबार सातै प्रदेशको अधिवेशन सुरु हुँदैछ । निर्वाचन कार्यतालिका भने शुक्रबारदेखि मात्रै सुरु हुनेछ । सातै प्रदेशमा हुने अधिवेशनको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

प्रदेश अधिवेशन देउवाले काठमाडौंबाट भर्चुअल उद्घाटन गर्ने

बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकैसाथ सातै प्रदेश महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘हामी पहिलोपटक पार्टीको प्रदेश अधिवेशन गर्दैछौँ, बिहीबार दिउँसो २ बजे सभापतिज्यूले ती अधिवेशनको उद्घाटन गरेपछि अधिवेशन सुरु हुन्छ,’ प्रवक्ता शर्माले भने ।

उनका अनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ । त्यस्तै, प्रदेश २ को जनकपुर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ । यो अधिवेशनले कांग्रेसको पहिलो कार्यसमिति चयन गर्नेछ ।

अधिवेशन उद्घाटन समारोहको अध्यक्षता भने सात प्रदेशमा फरक–फरक नेताहरूले गर्नेछन् । कांग्रेसले प्रदेश अधिवेशन गर्नका लागि अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा प्रदेश महाधिवेशनहरू सम्पन्न हुनेछन् ।

प्रकाशित : मंसिर १५, २०७८ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?