भूसालले लिए केन्द्रीय सदस्यको शपथ

मंसिर १४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसाल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गरे ।

एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ। उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए । 

यस्तै, अध्यक्षमा पराजित भीमबहादुर रावल पनि केन्द्रीय सदस्यमा निर्वाचित भए । उनले ९०४ मत प्राप्त गरे तर शपथ लिएनन् । 

सचिवमा पराजित भीम आचार्यले १३९३ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए । सचिवमा आचार्यले ७८८ मत ल्याएका थिए । सचिवमा पराजित टंक कार्कीले केन्द्रीय सदस्यमा ९०५ मत ल्याउँदै निर्वाचित भएका छन् ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully