
चितवन — एमाले नेताहरुले पदाधिकारीमा मात्रै मतदान गराउने कोसिस गरिरहेका छन् । सर्वसम्मत केन्द्रीय सदस्यहरु चयन गराउन नेताहरु नै सक्रिय भएका छन् ।

उम्मेद्वारी फिर्ता गराउनका लागि जनप्रतिनिधि बनाउने, टिकट दिलाउने, सरकारी नियुक्ति दिलाउनेसम्मको आश्वासन दिइरहेका छन् ।
केन्द्रीय समिति सर्वसम्मत गराउन खोज्दा निर्वाचन प्रक्रिया ढिलो भएको छ । ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी भएपनि नेताहरुकै कारण निर्धारित समयभन्दा ढिलो भएको हो ।
एमालेका एक नेताले भने,'केन्द्रीय समितिमा सर्वसम्मत गरेर पदाधिकारीमा मात्रै चुनाव गर्ने तयारी भएकाले ढिलाइ भएको हो ।'
अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रिय समितिका लागि सर्वसम्मत भएको छ । सुदूरपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेद्वारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ ।
१९ सदस्यीय पदाधिकारीमा १/१ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि पनि मतदान हुने भएको छ ।
प्रकाशित : मंसिर १३, २०७८ २१:४०