कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
एमाले महाधिवेशन

एमालेको निर्वाचन प्रक्रिया केही समय धकेलियो

काठमाडौँ — एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया केही समय पर धकेलिएको छ । राति ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने भनिएपनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका विभिन्न समूहका उम्मेदवारहरुलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचन पर धकेलिएको हो । 

एमालेको निर्वाचन प्रक्रिया केही समय धकेलियो

भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको एक नेताले बताए ।

अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रीटीका लागि सर्वसम्मत भएको छ ।

सदूपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ ।

निर्वाचन समितिले अन्तिम नामावाली प्रकाशन गरेपछि ती नामहरु इलोक्ट्रोनिक भोटिङ मेसिनमा 'एन्ट्री' गर्न दिइन्छ । राम-लक्षमण रिमालले बनाएको ईभीएमा ती नामावाली एन्ट्री गर्नलगायत अन्य प्रक्रिया पूरा गर्न करिब ४ घण्टा समय लाग्ने बताइएको छ ।

हालसम्म अन्तिम नामावली प्रकासन नहुँदा मतदान प्रक्रिया केही घण्टापछि मात्रै हुने बताइएको छ ।

१९ सदस्यीय पदाधिकारीमा १/१ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि पनि मतदान हुने भएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?