२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
एमाले महाधिवेशन

ओलीको सूचीमा नपरेका चार केन्द्रीय सदस्य निर्विरोध

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीमा नपरेका ४ जना एमाले नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

ओलीको सूचीमा नपरेका चार केन्द्रीय सदस्य निर्विरोध

प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी खुला महिलाबाट उषाकिरण तिमल्सेना पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् ।

आइतबार बेलुकी अध्यक्ष ओलीले पार्टीलाई एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै १९ जना पदाधिकारीसहित ३ सय १ जना सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरेका थिए । प्रभु हजारा र मोहम्मद सुमनको नाम प्रदेश २ को भूगोल खुलातर्फ रहेको थियो । त्यसैगरी हजाराले मधेशी खुलातर्फ पनि नाम घोषणा गरेका थिए । मोहम्मद सुमनको नाम खुला मुस्लिममा पनि राखिएको थियो ।

त्यसैगरी ज्वाला साहको भूगोल र मधेशी महिलामा नाम रहेको थियो । जसमा भूगोलतर्फ सिंह र प्याकुरेल र भूगोल महिलातर्फ रञ्जना सरकार निर्विरोध निर्वाचित भएका थिए ।

खुला महिलातर्फ ५४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष ओलीले नाम घोषणा गरेका ५३ जना महिला नेताहरुसहित तिमल्सेनाले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । सो क्लष्टरमा निर्विरोध निर्वाचित गराउनका लागि अध्यक्ष ओलीले राखेको नामबाट अर्चना गहतराजले नाम फिर्ता लिएकी थिइन् ।

त्यसैगरी, लेखा आयोगका उपाध्यक्षमा विष्णु पन्थी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष ओलीले घोषणा गरेको सूचीमा रहेका विष्णु राउत उम्मेदवारी दिन नमानेपछि पन्थी निर्विरोध भएका हुन् ।

प्रकाशित : मंसिर १३, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?