राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

मंसिर १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

थापाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि बिहीबार मात्रै पार्टी नेतृत्वलाई चुनौती दिने गरी राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully