४१ जिल्लामा शुक्रबारदेखि कांग्रेसको जिल्ला अधिवेशन

मंसिर १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ४१ जिल्लाको जिल्ला अधिवेशन सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले दुई वा सोभन्दा भन्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ ।

त्यहीअनुसार क्षेत्रीय अधिवेशन पूरा गरिसकेका जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन हुदैछ । काठमाडौं, ललितपुर, भक्तपुरसहित महत्वपूर्ण जिल्लाहरूमा जिल्ला अधिवेशन हुदैछन् । 

७७ जिल्लामध्ये दुई र त्योभन्दा निर्वाचन क्षेत्र भएका ४२ जिल्ला छन् । ती मध्ये गोरखाको जिल्ला अधिवेशन भइसकेको छ । बाँकी ४१ जिल्लामा शुक्रबारदेखि अधिवेशन सुरू भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेसले एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवा, धनकुटा, खोटाङ र दार्चुलामा अधिवेशन हुन बाँकी छ । क्रियाशील सदस्यताको विवादका कारण सर्लाहीमा वडा अधिवेशन नै हुन सकेको छैन । 

समितिका अनुसार ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल, रुकुम पश्चिम सभापतिमा प्रेमप्रकाश वली, डोटी सभापतिमा नरेन्द्रबहादुर सिंह, डोल्पा सभापतिमा दीपेन्द्रबहादुर शाही, जुम्ला सभापति कर्णबहादुर शाही र जाजरकोट सभापतिमा बेदराज सिंह निर्वाचित भएका छन् । त्यस्तै, तेह्रथुम सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पा सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । 

त्यस्तै, भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पाँचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् । 

कांग्रेसले मंसिर १६ र १७ गते ७ प्रदेशको अधिवेशन गर्ने कार्यतालिका छ । त्योभन्दा अगावै जिल्लाहरूको अधिवेशन सम्पन्न भइसक्नुपर्नेछ । मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ । 

अहिलेसम्मको परिणाम

संस्थापन पक्ष अर्थात् देउवानिकट सभापतिहरू

पर्वत : युवराज जोशी

डोटी – नरेन्द्रबहादुर सिंह

डोल्पा– दीपेन्द्रबहादुर शाही

जुम्ला – कर्णबहादुर शाही

जाजरकोट – बेदराज सिंह

ओखलढुंगा– तेजेन्द्र खनाल

लमजुङ – टकराज गुरुङ 

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु 

सल्यान – केसबहादुर बिष्ट 

मनाङ – शंकर गुरुङ 

हुम्ला – मोहनविक्रम सिंह 

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ 

रामेछाप – कान्छाराम तामाङ 

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा 

बझाङ – खडक बोहरा 

 

पौडेल समूहनिकट सभापतिहरू

रोल्पा –किशोर आचार्य

रुकुम पश्चिम– प्रेमप्रकाश वली

तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे

भोजपुर – विनोद बान्तावा 

प्यूठान – विष्णुकुमार गिरी 

अर्घाखााची – केशव श्रेष्ठ 

बैतडी – चतुरबहादुर चन्द 

रुकुमपूर्व – केशरमान रोका 

मुस्ताङ – रोमी गौचन थकाली 

संखुवासभा – दिपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने 

दोलखा – बर्मा लामा 

कालिकोट – अम्मबहादुर शाही

बाजुरा – रामसिंह रावल 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully