२४ जिल्लामा चुनिए कांग्रेस सभापति : देउवा र पौडेल समूहबीच बराबरी

मंसिर ८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो ।

बुधबार विहानसम्मको अपडेट अनुसार दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको जिल्ला अधिवेशन सकिएको छ । अहिलेसम्म अधिवेशन सकिएका २४ जिल्लामध्ये १२ जिल्लामा पौडेल समूहनिकट जिल्ला सभापतिहरू चुनिएका छन् भने १२ जिल्लामा सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू चुनिएका छन् । 

यसचरणको अधिवेशनमा भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पााचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखााचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् । 

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ । जसअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २३ जिल्लाको अधिवेशन सकिएको हो । 

संस्थापन पक्षका जिल्ला सभापतिहरू

डोल्पा - दीपेन्द्रबहादुर शाही

जुम्ला - कर्णबहादुर शाही

लमजुङ – टकराज गुरुङ 

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु 

सल्यान – केसबहादुर बिष्ट 

मनाङ – शंकर गुरुङ 

हुम्ला – मोहनविक्रम सिंह 

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ 

रामेछाप – कान्छाराम तामाङ 

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा

पौडेल समूहनिकट सभापतिहरू

भोजपुर – विनोद बान्तावा 

प्यूठान – विष्णुकुमार गिरी 

अर्घाखााची – केशव श्रेष्ठ 

बैतडी – चतुरबहादुर चन्द 

रुकुमपूर्व – केशरमान रोका 

मुस्ताङ – रोमी गौचन थकाली 

संखुवासभा – दिपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने 

दोलखा – बर्मा लामा 

कालिकोट – अम्मबहादुर शाही

बझाङ – खडक बोहरा 

बाजुरा – रामसिंह रावल 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully