झापामा माओवादीको महाधिवेशन गरेर देखाउन दाहाललाई ओलीको चुनौती
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![झापामा माओवादीको महाधिवेशन गरेर देखाउन दाहाललाई ओलीको चुनौती](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/politics/olianatrkriya-23112021102426-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।
'चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो । काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने,' ओलीले भने, 'उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।'
उनले माओवादी अध्यक्ष दाहालले एमालेलाई नभै सिपी मैनालीलाई भनेको बताएका छन् । 'सिपी मैनालीले नेकपा मालेको चितवनमा महाधिवेशन गरेको भोलिपल्ट उहाँले मलाई सक्न केहीले चितवनमा महाधिवेशन गरेका छन् भन्नुभयो, ' ओलीले भने, 'यो हामीलाई होइन सिपी मैनालीलाई भन्नुभएको होला । '
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)