कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्च परिसरमा सशस्त्र प्रहरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी खटाइएको छ । बिहीबार बारका पदाधिकारी तथा सदस्यहरुले अदालत परिसरमा प्रदर्शन गरेपछि सर्वोच्च परिसरभित्र सशस्त्र प्रहरीको उपस्थिती भएको हो ।

सर्वोच्च परिसरमा सशस्त्र प्रहरी

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले आफूहरुले सशस्त्र प्रहरी नबोलाएको बताए । उनले भने,'हामीले सशस्त्र प्रहरी बोलाएका हैनौं । उहाँहरु सुरक्षा प्रयोजनका लागि आउनु भएको होला । अरुबेला सर्वोच्चको गेटभित्र सशस्त्र प्रहरीको उपस्थिती हुँदैन थियो ।'


बिहीबार सर्वोच्च परिसरभित्र बारका पदाधिकारी तथा वकिलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।प्रहरी र वकिलहरुबीच घम्साघम्सी हुँदा बारका केही सदस्यहरु घाइते भएका थिए ।

प्रकाशित : कार्तिक २५, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?